भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाढीले मेलम्चीमा एक घर बगायो

बाढीले मेलम्चीमा एक घर बगायो

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो । मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौँ बेपत्ता भएका छन् ।

त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.