बाढी र पहिरोको कारण पाँच जनाको मृत्यु, चार वेपत्ता

बाढी र पहिरोको कारण पाँच जनाको मृत्यु, चार वेपत्ता

काठमाडौं । बाढी, पहिरो र डुबानबाट देशभरीको पाँच जनाको मृत्यु भएको छ भने चार जना वपत्ता भएका छन् । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको हो । बाढीले नवलपरासीको रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । यस्तै महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ । दुवैजनाको शव घरनजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छन् । बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.