काठमाडौं । नेपाली कांग्रेस ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहम भएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग भएको सहमती अनुृसार काँग्रेस ७७ जिल्लामा एक साथ वडा अधिवेशन गर्न सहमत भएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको नेपाली काँग्रेसल जनाएको छ ।
छलफलका क्रममा देउवाले जिल्ला सभापतिका मागको सम्बोधन गर्न र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएको नेताहरुले बताएका छन् । कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्। त्यस्तै आज जिल्ला सभापतिहरूको धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेको छ ।

