भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

जेलेन्स्कीको शहरमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

जेलेन्स्कीको शहरमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

युक्रेन । युक्रेनको शहर क्रीभये रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।युक्रेनी अधिकारीहरुका अनुसार आक्रमण गरिएको शहरमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुर्किएका थिए । आक्रमणमा अन्य कैयौं घाइते भएको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा मारिनेमध्ये बालबालिकासमेत रहेको बताएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण गरिएको मिसाइल ब्यालेस्टिक हो ।केही घण्टाअघि राष्ट्रपति जेलेन्स्कीले एक्समा एक पोस्ट गर्दै आक्रमणमा १६ जनाको मृत्यु भएको र जसमा ६ जना बालबालिका रहेको बताएका थिए ।

तर अहिले यो संख्या बढेर १८ पुगेको हो ।घटनास्थलका तस्बिर अनुसार दश तले घर यो आक्रमणबाट क्षतिग्रस्त बनेको छ । रुसको रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमी देशका इन्स्ट्रक्टर्सहरु एक रेस्टुराँमा छलफल गरिरहेका बेला निशाना बनाइएको र ८५ जनाको मृत्यु भएको दाबी गरेको छ ।

यद्दपि यो दाबी पुष्टि हुने कुनै प्रमाण भने दिइएको छैन । युक्रेनी सेनाले भने रुसले आफ्ना मानव अपराध लुकाउन भ्रम फैलाइरहेको बताएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.