भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले भक्तपुरमा पुरुष मतदाता ९४ हजार छ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कूल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता पुगेको बताउनुभयो ।

भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो । कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.