भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भारत र पाकिस्तानबीच खेल भिडन्त हुदैँ

भारत र पाकिस्तानबीच खेल भिडन्त हुदैँ

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । भारत र पाकिस्तानबीच आज भिडन्त हुँदैछ । भारतमा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण यूएई र ओमानमा खेलाइएको आयोजकले बताएको छ ।

पहिलो चरणको एक समूहको खेल ओमानमा भएको थियो भने अरु सबै खेल यूएईको तीनवटा मैदानमा खेलाउन लागिएको आयोजकको भनाइ छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा सुरु हुनेछ ।

लामो समयदेखि राजनैतिक तनाव झेल्दै आएका भारत र पाकिस्तानबीचको खेल भिडन्तलाई उच्च चाँसोकासाथ हेरिएको छ । क्रिकेट मैदानलाई पनि लडाइको मैदान जस्तैगरी लिएको खेलाडिले बताएका छन् ।

राजनैतिक असर खेल क्षेत्रमासमेत देखिएको जानकार बताँउछन् । भारत र पाकिस्तानबीचको खेलअघि शारजहाँमा दिउँसो पौने ४ बजे ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

 


Thali Mobile Pvt.Ltd.