भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

सिन्धुपाल्चोक । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् ।भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो ।

स्थानान्तरणपछि बस्तीका प्रत्येक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न स्थानीयवासी दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको भनाइ छ ।भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरसमेत चर्किएका छन् ।

विस्थापितलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको चिन्ताले पनि सताएको छ । प्रतिपरिवार छ आना जमिन भएका उनीहरूलाई तरकारी खेती, पशुपालनलगायतमा समस्या भएको छ । “अन्न उत्पादनका लागि जमिन नहुँदा दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, स्थानीय सुकमाया बोम्जन दुःखेसो गर्नुहुन्छ ।तर गाउँपालिका केन्द्र नजिकैको विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिका अध्यक्ष झम्क नेपाल दाबी गर्नुहुन्छ । “हामी विस्थापितको समस्याप्रति गम्भिर छौँ, चाँडै पानीको व्यवस्था गर्छौँ”, उहाँले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.