pahiro vume, pahiro news, rukum, gauma pahiro, letest news
२८ साउन २०७७ रुकुम । भूमे गाउँपालिका–७ भित्रिवनका सात घर पहिराको उच्च जोखिममा परेका छन् ।
अविरल वर्षाका कारण धनिमान केसी, मनोज ओली, कर्मु ओली, भीमबहादुर डाँगी, राजेन्द्र रोका, बखत रोका र कलमसिं बिसीको घर पहिराको उच्च जोखिममा परेको हो ।
घरमुनि बाट पहिरो झर्दा उच्च जोखिममा रहेका वडाध्यक्ष धनमान रोका मगरले बताए । भित्री वनमा कमजोर माटो भएका कारण वर्षा हुने बित्तिकै पहिरो खस्ने समस्या हुने गरेको छ । यसैगरी हावाहुरी र पहिराले गर्दा वडाका लाबाङ, भित्रीवन, डाङरिबाङ, रिसललगायत ठाउँमा लगाइएको मकै बालीमा पनि क्षति पुगेको छ ।
