भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मतदानमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको घोषणा

मतदानमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता पौडेलको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मतदानमा सहभागि नहुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घोषणा गरेका छन् । १४औँ महाधिवेशन अन्तर्गत आजको निर्वाचनमा नेता पौडेलले मतदान नगर्ने घोषणा गरेका हुन । निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुदैछ ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेको जनाइएको छ ।

देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ । पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । सहमति जुटन् नसकेपछि पौडेलले सबै तहका प्रतिस्पर्धाबाट बाहिरिने निर्णयमा पुगेका हुन ।

 


Thali Mobile Pvt.Ltd.