भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस नचलाउने निर्णय

मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस नचलाउने निर्णय

धनुषा । मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले नचलाउने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्ने लक्ष्यका साथ बस खरिद गरेरका बस वीरगञ्ज–सप्तरी रुटमा नचलाउने निर्णय गरेको हो । तत्कालीन मन्त्री जितेन्द्र सोनलले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएका थिए भने ती बस जनकपुर चुरोट कारखानामा राखिएको थियो ।

मन्त्रिपरिषद् बैठकले ती बस विभिन्न संस्थानलाई दिने निर्णय गरेको हो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एकरएक वटा बस दिने निर्णय भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.