जुम्ला । कर्णाली राजमार्गको कालीकोट खण्ड अन्र्तरगत मोडमामा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बोकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।
कैलाली घर भएका हरिस धामीले चलाएको ट्रक दुघृटनाबाट बच्न सफल भएको हो । प्रहरीले साङ्लोले बाँधेर ट्रकमा लोड गरिएको पौष्टिक आहार सुरक्षित निकालेको जनाएको छ । कर्णाली राजमार्गमा क्षेत्रमा मोड साँघुरो भएका कारण यस अघि पनि दुर्घटना भइ सेका छन् । ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको भएपनि खस्नबाट जोगिएको छ ।
