भर्खरै : Sorry, your browser does not support inline SVG.

मस्र्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

मस्र्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

मनाङ । सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए ।

जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको गरेको बताए। जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मस्र्याङ्दी नदीको बीचमा फसेको हो । नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो ।

पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो । पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.