भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र हो : अध्यक्ष ओली

महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र हो : अध्यक्ष ओली

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । सोमवार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा विरुद्ध लगाइएको महाअभियोको प्रस्ताव गलत भएको बताएका हुन ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतारकम निर्णय नलिने समेत जानकारी दिए । अध्यक्ष ओलीले स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा प्रधानन्यायधीश विरुद्धको महाअभियोग भएको चर्चा गरे । अध्यक्ष ओलीले सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.