भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर तपाईको भनेर बजारभरी हल्ला छ प्रधानमन्त्री ओली ज्यू !

स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर तपाईको भनेर बजारभरी हल्ला छ प्रधानमन्त्री ओली ज्यू !

३१ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबर देश भन्दा विदेशमा मिडियाहरुले घाँटी सुक्ने गरी ओकली रहेका छन् । अथाह धन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्रको बैंकमा पनि राखेको खबरले देश विदेश तातेको छ ।

तर त्यो समाचारमा कुनै सत्यता नरहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दावा गरेका छन् । प्रेस नोट जारी गर्दै प्रम ओलीका प्रेस सल्लाहकार थापाले ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कपोलकल्पित भएको बताएका हुन् ।

नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेकाु स्पष्ट पार्दछु भनेर थापाले जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्ने कार्यको खेदजनक रहेको बताए । नेपाली संचारमाध्यमले भ्रम फैलाएको भन्दै सूर्य थापाले विदेशी संचारमाध्यमले बोलेको कुराबारे केहि प्रष्ट्याएका छैनन् ।
थापाको पोष्ट..sury thapa

 

 


Thali Mobile Pvt.Ltd.