भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर तपाईको भनेर बजारभरी हल्ला छ प्रधानमन्त्री ओली ज्यू !

स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर तपाईको भनेर बजारभरी हल्ला छ प्रधानमन्त्री ओली ज्यू !

३१ असार २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबर देश भन्दा विदेशमा मिडियाहरुले घाँटी सुक्ने गरी ओकली रहेका छन् । अथाह धन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्रको बैंकमा पनि राखेको खबरले देश विदेश तातेको छ ।

तर त्यो समाचारमा कुनै सत्यता नरहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दावा गरेका छन् । प्रेस नोट जारी गर्दै प्रम ओलीका प्रेस सल्लाहकार थापाले ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कपोलकल्पित भएको बताएका हुन् ।

नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेकाु स्पष्ट पार्दछु भनेर थापाले जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्ने कार्यको खेदजनक रहेको बताए । नेपाली संचारमाध्यमले भ्रम फैलाएको भन्दै सूर्य थापाले विदेशी संचारमाध्यमले बोलेको कुराबारे केहि प्रष्ट्याएका छैनन् ।
थापाको पोष्ट..sury thapa

 

 


Thali Mobile Pvt.Ltd.