भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसका मिनबहादुर र रुपामा एमालेका नवराज निर्वाचित

पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गर्नु भयो भने विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गर्नुभयो ।त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै सीता अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गर्नुभएको हो । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गर्दा तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका गीमाया गुरुङलाई एकहजार ६ सय १२ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । ओझाले पाँचहजार सातसय ४९ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका गुरुङले चारहजार १ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङले पाँचहजार तीनसय ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका नारायण श्रेष्ठलाई एक हजार एक सय ७९ मतान्तरले पराजित गर्नुभएको हो । श्रेष्ठले ४ हजार एक सय ५३ मत प्राप्त गर्नुभएको थियो । कास्कीका चार गाउँपालिकामध्ये दुईको नतिजा आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.