भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

वर्षाले छेक्न सकेन विजय उत्सवलाई

वर्षाले छेक्न सकेन विजय उत्सवलाई

फुङ्लिङ । गालामा रातो अबीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौँको भीडभाड । वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेकोे यो दृश्य ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको हो।गए रातिदेखि ताप्लेजुङमा वर्षा भइरहेको छ भने शुक्रबार सम्पन्न स्थानीय तहको मतपरिणाम आउने क्रम पनि जारी छ । सदरमुकाम फुङ्लिङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा विजय उत्सव मनाउनेकोे भीड छ । विजय उत्सवसँगै गीत बजाउँदै र¥यालीसहित फुङ्लिङ बजार परिक्रमा गर्नेको भीड पनि लागेको छ ।

फुङ्लिङ नगरपालिकामा ११ वटा वडासहित प्रमुख र उपप्रमुखको विजयमा १२ पटक विजय जुलस निस्किने भएको छ । अहिले छ वटा वडाको मतगणना सम्पन्न भएको र छ पटक नै विजयोत्सवको जुलुसले विभिन्न नारा लगाउँदै फुङ्लिङ बजार परिक्रमा गरेका र अझै विजयोत्सवका जुलुस निस्कने क्रम जारी छ ।गए रातिदेखि निरन्तर वर्षा भइरको छ । वर्षाले निथ्रुकै भिजेर पनि खुसीयालीका साथ नेता, कार्यकर्ता र जनसमुदायसमेत विजयोत्सवमा सहभागी हुँदै आएका छन् । सदरमुकाममा मात्र होइन जिल्लाको नौ स्थानीय तहको केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको परिसरमा पनि विजयोत्सव मनाउँनेको भीड उस्तै छ ।फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेसँगै यतिखेर विजयको उत्सव मनाउनेको भीड लागेको छ । सो गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्ध रहेको थियो ।

उता मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएपछि विजयोत्सव मनाउन थालिएको छ । उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएको छ । वडाध्यक्षमा विजय भएसँगै वडा–वडामा समेत विजयोत्सव मनाउन सुरुभएको छ ।सात स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

४० वडाको मतपरिणाम सार्वजनिक

ताप्लेजुङ जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेकोमा ४० वटा वडाको मतमरिणाम सर्वजनिक भएको छ । शुक्रबारदेखि सुरुभएको मतगणनामा अहिलेसम्मम ४० वटा वडाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।४० वटा वडाको मतपरिणाम सार्वजनिक हँुदा नेपाल कम्युनिष्ट पार्टी एमालेले १९ वटा वडामा विजयी भएको छ भन माओवादी केन्द्र छ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तेह्र वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने एकीकृत समाजवादी पार्टीले एक र स्वतन्त्रबाट एकजना वडाध्यक्षमा विजयी भएका छन् । अब सात स्थानीय तहका साथै २१ वडाको मतपरिणाम आउँन बाँकी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.