भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

काठमाडौँ । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ ।योगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ( ४२ प्रतिशत )  मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ ( ४२ प्रतिशत ), आर्थिक हिंसासम्बन्धी दुई सय २४ ( २९ प्रतिशत ), शारीरिक हिंसासम्बन्धी एक सय ९८ ( २६ प्रतिशत )र यौनजन्य हिंसा २२ ९३ प्रतिशत० दर्ता भएका छन् ।

“केन्द्रमा मात्र सहज पहँुच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुनसक्छ”, आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भन्नुभयो, “आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौँ ।”कार्यक्रममा चालु आवको चार महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.