भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

काठमाडौं । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अध्यावधिक गर्नु भएन भने तपाइँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पु¥याउनु होला । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । वेल्जियममा रहेको व्यक्तिका नामको जग्गा त्यसैगरी गिरोहले नक्कली कागजात बनाएर बिक्री गरेका छन् । म्याग्दीकी मीना खड्काको नाममा दर्ता कायम रहेको काठमाडौँको थानकोटको कित्ता नं ४२८ र ४२६ को उनी वेल्जियममा रहेका बेला नक्कली नागरिकता र जग्गाधनी प्रमाणपूर्जा बनाई बिक्री तथा बैनापट्टा भएको खुलेको हो ।

प्रतिवादीले फोटो उप्काएर लक्ष्मी घतानीको फोटो टाँस गरी जग्गा बिक्री गरेका पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर एवं सङ्गठित अपराधमा अनुसन्धान जारी छ । गिरोहले उक्त जग्गा कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त श्रेष्ठसमेतका व्यक्तिलाई रु ७२ लाखमा बिक्री गरेका थिए । सोही जग्गा कुमार दाहाल खत्रीलाई राजीनामा पास गर्ने गरी २०७६ मङ्सिर ३० मा रु ३५ लाख बैना लिएको फेला परेको छ ।

सो जग्गा किर्ते गरी बिक्री भएको थाहा पाएपछि जग्गा खरीद गर्ने र जग्गाधनी गरी नौ जनाले दिएको जाहेरीका आधारमा नौ जनालाई विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान थालिएको बस्नेतले जानकारी दिनुभयो । सो कसुरमा संलग्न तीन सरकारी कर्मचारी हाल धरौटी तिरेर छुटेका र एक जना लेखापढी व्यवसायी फरार छन् । पक्राउ पर्नेमा काठमाडौँका विजयकुमार खड्का, धादिङका बालप्रसाद भट्ट, काभ्रे पनौतीका रामचन्द्र पुडासैनी भन्ने पुण्यप्रसाद काफ्ले, सङ्खुवासभाका इन्द्रबहादुर घले, रामेछापका बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको लक्ष्मी घतानी, ओखलढुङ्गाका विजयप्रकाश सुनुवार, सिन्धुलीका कृष्ण थापा भन्ने कृष्ण दर्लामी, झापाका कृष्णबहादुर कटुवाल रहेका छन् ।

यसअघि पक्राउ परेका कलङ्कीस्थित तत्कालीन मालपोत कार्यलयका कर्मचारी दिपक दाहाल, नारायण श्रेष्ठ र दीपा पङ्गेनी कसूरअनुसार रु एकदेखि चार लाख धरौटी बुझाएर छुटेका हुन् । सो कसुरमा फरार लेखापढी गर्ने राजाराम थापाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उक्त सङ्गठित ठगी अपराधमा रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्ले मुख्य योजनाकार रहेका प्रहरीले जनाएको छ ।

काफ्ले र खड्का यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । अपराध दोहो¥याएको कसूर प्रमाणित भए उनीहरुलाई थप सजाय हुने कानूनी व्यवस्था छ । गिरोहले टाढा रहेका महिलाको बिक्रीमा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्ने गरेको खुलेको छ । त्यसरी कीर्ते गर्दा अनुहार मिल्दोजुल्दो मान्छे खोजेर काम गर्ने गरेको पाइएको छ । जग्गा बिक्रीको रकम काल्पनिक नागरिकता बनाइ बैँकमा खाता खोलेर त्यसमा जम्मा गर्ने गरेका प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.