भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

माली आक्रमणको निन्दा

माली आक्रमणको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गर्नुभएको छ । उहाँका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुभएको हो । अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्ति प्रकाशन गर्नुभएको छ । उहाँका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको हो ।

सो क्षेत्रमा यसै हप्तामा करिब १०० जनाको हत्या भएको बताइएको छ । सो क्षेत्रका एक सय जनाको ज्यान गएको र उनीहरुका घरमा समेत क्षति पु¥याइएको थियो ।

मालीमा अहिले शान्ति सेना रहेका छन् । तर ती क्षेत्रमा अतिवादी आतङ्ककारीहरुले हिंसात्मक हमला गर्ने गरेका छन् ।
पछिल्लो समयमा यहाँ उनीहरुले हिंसा झन् बढाएका छन् । यसबाट कैयौँ नागरिकको ज्यान गएको र ठूलो जनधनको क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.