भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास

मुख्यमन्त्री पोखरेलद्वारा भेटेरीनरी अस्पतालको शिलान्यास

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा उहाँले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भेटेरेनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा हाल पशु विज्ञ केन्द्र भएकै स्थानमा निर्माण हुन लागेको सो भेटेरेनरी अस्पतालमा दुई प्रयोगशाला र २३ कोठा निर्माण गरिने छ ।

अस्पतालले पशुका लागि अत्यावश्यकीय शल्यक्रिया, थेरापी तथा आइसीयू र युएसजीसमेतका सेवा उपलब्ध गराउने छ । रु १० करोडको लागतमा मोडल भेटेरेनरी अस्पताल निर्माण हुन लागेको हो । उक्त अस्पताल तनहुँ र आसपासका जिल्लाको नमूना हुने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उक्त भवनमा तालिम कक्ष, बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवाससमेत रहने छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.