भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

म्यादी प्रहरीको भर्ना सम्पन्न, कात्तिक ९ गतेदेखि फिल्डमा खटाईने

म्यादी प्रहरीको भर्ना सम्पन्न, कात्तिक ९ गतेदेखि फिल्डमा खटाईने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ ।

भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा असोज २३ गते ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६ र सबैभन्दा कम मनाङमा २ सय २८ जना म्यादी प्रहरी छनोट भएका छन् ।

भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । मागभन्दा आवेदन दिनेको संख्या दोब्बर बढी भएकाले छनोटबाट १ लाख १७ हजार ८८ जना बाहिरिएका छन् ।

पूर्वम्यादी, पूर्व सुरक्षाकर्मी, विदेशी सुरक्षा निकायमा खटिएकालाई छनोटको प्राथमिकतामा राखिएको थियो । छनोट भएका म्यादीलाई तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने नेपाल प्रहरीले जनाएको छ ।

४० दिनको कार्यावधि तोकेर तलब, भत्ता, रासन, पोसाकबापत् एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ म्यादीलाई उपलब्ध गराइनेछ ।

 


Thali Mobile Pvt.Ltd.