भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म्यानमारमा रक्तपात, आठ जनाको मृत्यु

म्यानमारमा रक्तपात, आठ जनाको मृत्यु

म्यानमारमा सैन्य शासकविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

नेतृ आंङसाङ सूचीलाई सैन्य शासकले थप अभियोग लगाए लगत्तै प्रदर्शन चर्किएको छ। मध्य भागमा रहेको शहर मेइङमा सुरक्षाकर्मीको गोली लागेर ६ जनाको मृत्यु भएको छ। शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको प्रदर्शनकारीले जनाएका छन्।

मन्डेला र यांगुनमा पनि एक, एक जनाको ज्यान गएको छ । म्यानमारमा सेनाले कू गरेयता भएका प्रदर्शनमा गोली लागेर ६० भन्दा बढीको मृत्यु भइसकेको छ। २ हजार भन्दा बढीलाई पक्राउ गरिएको छ।

सेनाले नेतृ सूचीमाथि सरकारमा रहँदा ६ लाख डलर बराबरको घुस लिएको नयाँ अभियोग लगाएको छ। फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतालाई हिरासतमा लिँदै कू गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.