भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बीएड ईन आईसीटी: सबैले पढ्न पाउने आईटीको सस्तो विकल्प

बीएड ईन आईसीटी: सबैले पढ्न पाउने आईटीको सस्तो विकल्प

काठमाडौं । उच्च माध्यमिक तहमा शिक्षा तथा मानविकी संकाय लिएर पढ्ने विद्यार्थीहरुका लागि प्राविधिक विषय अध्ययन गर्ने विकल्प एकदमै कम हुन्छन् । सीमितमध्ये एउटा राम्रो विकल्प भनेको बीएड ईन आईसीटी पनि हो ।

याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी, बीएड आईसीटीई, बीआईसीटीई लगायतका नामले पनि प्रचार गर्ने गर्छन् । त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो ।

पछि २०७० देखि बीएड ईन आईसीटी कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि उक्त विषयको अध्यापन सानोठिमी क्याम्पसमा स्नातकाेत्तर तहमा सुरु भयो ।

हाल यो विषय त्रि.वि. अन्तर्गतका ९ वटा आङ्गिक र ८ वटा सामुदायिक क्याम्पसहरुमा अध्ययन अध्यापन भइरहेको त्रिवि केन्द्रीय विभाग अन्तर्गत बीएड ईन आईसीटी कार्यक्रमका संयोजक तथा सानोठिमी क्याम्पस भक्तपुरका आईसीटी विभागका प्रमुख रेगबहादुर भण्डारी बताउँछन् ।

बीएड ईन आईसीटीले विद्यार्थीहरुलाई आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर साइन्ससँग परिचित गराउँछ । विद्यार्थीहरुले यसमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै प्रोग्रामिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्दति (टिचिङ पेडागोजी) जस्ता शिक्षा संकायका आधारभूत ज्ञान पनि पाउन सक्छन् ।

बीएड ईन आईसीटी अध्ययन गर्न चाहने विद्यार्थीहरुले शिक्षा शास्त्र संकायबाट लिइने इन्ट्रान्स परीक्षा भने उत्तीर्ण गर्नुपर्छ । ४ वर्ष तथा ८ सेमेस्टरको यो प्रोग्राममा १३२ क्रेडिट आवरको कोर्ष समावेश छ ।

जसमा १२ क्रेडिट आवर सञ्चार तथा सीपमूलक कोर्षहरु, २४ क्रेडिट आवर एजुकेसनल कोर कोर्ष, ६० क्रेडिट आवर स्पेसलाइज मेजर सब्जेक्ट, ३० क्रेडिट आवर सामान्य विषय र ९ क्रेडिट आवर टिचिङ इन्टर्नशिप तथा प्राक्टिकल रहेका छन् ।

उक्त क्रेडिट आवरले अन्तर्राष्ट्रियस्तरमा पनि सजिलै मान्यता पाउने उनी बताउँछन् । यो विषय पढ्न त्रिविका ९ आङ्गिक क्याम्पसहरुमा २० देखि ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने अन्य सामुदायिक क्याम्पसहरुमा भने ४५ हजार रुपैयाँभन्दा माथि लाग्छ ।

बीएड ईन आईसीटीको स्कोप अन्य अध्ययन संस्थान तथा संकायमा भन्दा फरक र बढी रहेको संयोजक भण्डारी बताउँछन् । ‘बीएड ईन आईसीटी अध्ययन गरेका विद्यार्थीहरुले माध्यमिक तहमा कम्प्युटर विज्ञान पढाउनका लागि शिक्षा सेवा आयोगबाट शिक्षण लाइसन्स प्राप्त गर्न सक्छन् । यस्तो किसिमको व्यवस्था अन्य संकाय वा संस्थामा छैन,’ उनले भने ।

प्राविधिक विषय पढ्न चाहने अधिकांश विद्यार्थीहरु विज्ञान प्रविधि तथा इन्जिनियरिङ संकायतिर जान्छन् । शिक्षा संकाय अन्तर्गत भएकाले बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि कत्तिको होला भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

विभागीय प्रमुख भण्डारी बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि र उपस्थिति उत्साहजनक रहेकाे बताउँछन् । ‘निजी तथा सामुदायिक क्याम्पसमा जस्तो विज्ञापन नगर्दा पनि त्रिविका आङ्गिक क्याम्पसहरुमा भर्ना हुने विद्यार्थीहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ,’ उनले भने ।

भण्डारी अगाडि भन्छन्, ‘कुन संकाय वा अध्ययन संस्थान ठूलो वा सानो, प्राविधिक धार वा गैरप्राविधिक धारको भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा भनेको के कति सेमेस्टर, कति क्रेडिट आवर, प्रोेजेक्ट वर्क र इन्टर्नशिप समावेश गरिएको छ कि छैन भन्ने कुराले फरक पार्छ ।

बीएड ईन आईसीटीमा यी सबै कुरा समावेश छन् । साथै यसमा एक्काइसौं शताब्दीको ज्ञान र सीप पनि सिकाइन्छ ।’

क्याम्पस र विद्यार्थी काेटा

क्र.स. क्याम्पस विद्यार्थी काेटा
१. सानोठिमी क्याम्पस, भक्तपुर १२०
२. बुटवल मल्टिपल क्याम्प्स, रुपन्देही ८०
३. डढेल्धुरा मल्टिपल क्याम्पस, डडेल्धुरा ४०
४. सिराह क्याम्पस, सिराह ४०
५. सुर्खेत शिक्षा क्याम्पस, सुर्खेत ८०
६. महेन्द्र रत्न क्याम्पस, काठमाडौं ८०
७. बालकुमारी क्याम्पस, चितवन ८०
८. आदिकवि भानुभक्त क्याम्पस, तनहुँ ४०
९. हनुमन्ते क्याम्पस, दाेलखा ४०
१०. जनज्योति बहुमुखी क्याम्पस, सर्लाही ४०
११. सुकुना बहुमुखी क्याम्पस, मोरङ ४०
१२. त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर ४०
१३. जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैं
१४. काभ्रे बहुमुखी क्याम्पस , काभ्रे ४०
१५. विरेन्द्र मल्टिपल क्याम्पस, चितवन ४०
१७. गोरखा क्याम्पस, गोरखा ४०

 

पाठ्यक्रम संरचना

प्रथम सेमेस्टर

१. अंग्रेजी भाषा

२. नेपाली भाषा

३. फण्डामेन्ट्स अफ एजुकेसन

४. इन्ट्रडक्सन अफ इन्फर्मेसन टेक्नोलोजी फर्स्ट

५. प्रोग्रामिङ कन्सेप्ट विथ सी-सेकेन्ड

६. स्पेसलाइजेसन माइनर: म्याथ

दोस्रो सेमेस्टर

१. अंग्रेजी भाषा

२. नेपाली भाषा

३. सोसल पर्स्पेक्टिभ इन एजुकेसन

४. अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ विथ सी थ्री

५. डिजिटल लोजिक फोर

६. स्पेसलाइजेसन माइनर: म्याथ

तेस्रो सेमेस्टर

१. डेभलपमेन्टल साइकोलोजी

२. डेटा स्ट्रक्चर एण्ड एल्गोरिदम फोर

३. माइक्रोप्रोसेसर एण्ड कम्प्युटर अर्गनाइजेसन आईभी

४. वेब टेक्नोलोजी सेभेन

५. स्पेसलाइजेसन माइनर: म्याथ

६. आईसीटी इन एजुकेसन

चौंथो सेमेस्टर

१. साइकोलोजी अफ लर्निङ

२. अपरेटिङ सिस्टम एट

३. डेटाबेस म्यानेजमेन्ट सिस्टम नाइन

४. सिस्टम एनालिसिस एण्ड डिजाइन टेन

५. स्पेसलाइजेसन माइनर म्याथ

पाँचौं सेमेस्टर

१. बेसिक अफ करिकुलम

२. जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज इलाभेन

३. डेटा कम्युनिकेसन एण्ड नेटवर्क ट्वेल्भ

४. सफ्टवेयर इन्जिनियरिङ एण्ड प्रोजेक्ट म्यानेजमेन्ट थर्टिन

५. स्पेसलाइजेसन माइनर म्याथ

छैठौं सेमेस्टर

१. एसेसमेन्ट एण्ड इभ्यालुएसन अफ लर्निङ

२. भिजुअल प्रोग्रामिङ फोर्टिन

३. कम्प्युटर ग्राफिक्स फिफ्टिन

४. ईलर्निङ एण्ड आईसीटी एजुकेसन पेडागोजी सिक्स्टिन

५. स्पेसलाइजेसन माइनर म्याथ

सातौं सेमेस्टर

१.पेडागोजी एण्ड इन्क्लुसिभ एजुकेसन

२. नेटवर्क सेक्युरिटी सेभेन्टिन

३. आर्टिफिसियल इन्टेलिजेन्स इन एजुकेसन एटिन

४. स्पेसलाइजेसन माइनर म्याथ

आठौं सेमेस्टर

१. बेसिक स्टाटिक्स एण्ड रिसर्च इन एजुकेसन

२. टेक्नोलोजी इन एजुकेसन नाइन्टिन

३. एजुकेसन प्रोजेक्ट ट्वान्टी

४. इलेक्टिभ पेपर, नेटवर्क एडमिनिस्ट्रेसन

स्राेतः www.techpana.com

 


Thali Mobile Pvt.Ltd.