यी हुन तीन प्रतिशत मत कटाउन नसक्ने दल, समानुपातिकमा कसको मत कति ?

यी हुन तीन प्रतिशत मत कटाउन नसक्ने दल, समानुपातिकमा कसको मत कति ?

काठमाडौं । पछिल्लो परिणाम अनुसार समानुपातिकमा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ। एमालेले २६.६ प्रतिशतका साथ अहिलेसम्म सबभन्दा धेरै मत ल्याउने दल बनेको छ । एमालेले ४ लाख ५२ हजार ८५१ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

उसले २४.५ प्रतिशत पाएको छ । मतगणनामा ४ लाख १६ हजार ८ सय २५ हो मत ल्याएको छ । त्यस्तै तेस्रोमा १३.८ प्रतिशतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी छ । जसले २ लाख ३४ हजार ७ सय ५९ मत ल्याएको छ । चौथोमा नेकपा माओवादी केन्द्र छ । यसले २ लाख मत कटाएको छैन ।

उसको जम्मा ११.३ प्रतिशत मत छ । माओवादीले १ लाख ९२ हजार ७ सय ६८ मत ल्याएको छ । पाचौंमा एकलाख मत कटाउने अर्को पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी ।

जसले १ लाख २३ हजार ९ सय २० मत ल्याएको । यो अहिलेसम्म गणना भएको मतमध्ये ७.३ प्रतिशत हो । छैटौंमा जनता समाजवादी पार्टी, नेपाल छ । जसपाले अहिलेसम्म ५७ हजार ९ सय १० मत ल्याएको छ ।

अहिलेसम्मको मतगणनामा ३ प्रतिशत नकटाउने दल
अन्य दलहरुले ३ प्रतिशत मत प्राप्त गर्न सकेका छैनन् । प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटको बाँडफाँडका लागि दलहरुले ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी अड्चन छ ।

अहिलेसम्मको मतगणना अनुसार नेपाल मजदुर किसान पार्टीले २.५ प्रतिशत, एकिकृत समाजवादीले १.७ प्रतिशत र अन्यले ५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.