काठमाडौं । संसद् विघटन विरुद्ध युवाहरुले मोटरसाइकल र्याली निकालेका छन् ।
प्रचण्ड–माधव पक्षको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्याली निकालेर बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।
जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो पक्षले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
