भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रसुवामा छ सयलाई परिचयपत्र

रसुवामा छ सयलाई परिचयपत्र

रसुवा । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य जिल्लामा अगाडि बढेको छ । रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ । पछिल्लो आँकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ । यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकार एवं क्षमता विस्तार गरी आत्म मनोबल उच्च पार्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम अगाडि बढिरहेको बताइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घको सहकार्यमा रसुवामा छरिएर रहेका अपाङ्गत भएका व्यक्तिको पहिचान र यकिन तथ्याङ्क लिने काम अगाडि बढिरहेको छ । अहिलेसम्म उत्तरगया गाउँपालिकामा ३०० एवं गोसाइँकुण्ड गाउँपालिकामा १३९ अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको पनि कार्यक्रम अधिकृत लामाले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई सहज वातावरण बनाउने कार्यक्रम प्रदान गर्न सबै सङ्घसंस्थाले निरन्तर सहयोग गर्नेमा आफ्नो संस्था आशावादी रहेको अपाङ्ग पुनःस्थापना केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.