भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो ।

“अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उहाँले भन्नुभयो, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चोट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।” बिहीबारसहित तेस्रोपटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । प्रहरी नायब उपरीक्षक कुँवर आफँै घटनास्थल पुग्नुभएको छ । अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुईरदुई वटा करङ भाचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको थियो ।

बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् । प्रताप लकडाउन हुनुभन्दा केही समयअघि विदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए । रासस

 


Thali Mobile Pvt.Ltd.