भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित

बागमती । मकवानपुरको उत्तरी दुर्गम क्षेत्रका रुपमा रहेको राक्सिराङ गाउँपालिकाको सम्पन्न १३औँ गाउँसभा वैठकबाट सो गाउँपालिकाको अर्धवार्षिक समीक्षासहित सात प्रस्ताव पारित गरिएको छ ।राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा भएको सो सभामा कार्यपालिका सदस्य तथा वडा नं १ का वडाध्यक्ष बाविराम मोक्तानले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा तथा सात वटा प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १४।१६ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा रु ४० करोड २९ लाख बजेट विनियोजन भएकामा सो गाउँपालिकाले चालु आर्थिक वर्षको छ महिनामा अर्थात् हालसम्म रु ६० लाख सात हजार खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सभा वैठकले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पनि सर्वसम्वत पारित गरेको छ । यसैगरी सभा वैठकले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरेको थियो भने गाउँपालिका उपाध्यक्ष वनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।आकास्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए/निर्णय अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्वतले स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।

गाउँपालिकाको उद्घाटनसत्रमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभा अध्यक्षतामा भएको वैठकमा प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले गाउँपालिकाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.