भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

राजनीतिक प्रचारका लागि भ्रम नछर्न आग्रह

राजनीतिक प्रचारका लागि भ्रम नछर्न आग्रह

मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले राष्ट्रको ढुकुटीबाट जनताका लागि विकास निर्माणको काम गरिएको अवस्थामा कुनै एक दल विशेषले राजनीतिक प्रचारका लागि हामीले गरेको कार्य भनेर जनतालाई भ्रम छर्न नहुने बताउनुभएको छ । उहाँले मन्त्रालयको कार्यकक्षमा आज अपराह्न भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारसँग सम्बन्धित कार्यलय प्रमुख तथा सरोकार समितिको संयुक्त भेलालाई सम्बोधन गर्दै निर्माण व्यवसायीले आफूलाई राजनीतिकर्मीभन्दा व्यवसायी मात्रै भएर काम गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले निर्माण व्यवसायीलाई गुणस्तरीय कच्चापदार्थ प्रयोग गरी निश्चित समयभित्र सडक निर्माणको काम सम्पन्न गरी यातायात सेवा सञ्चलनमा ल्याउनसमेत निर्देशन दिनुभयो । मन्त्री फुँयालले सङ्घीय राजधानी काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी, महालक्ष्मी खोलामा पुल निर्माण र हुमाने भञ्ज्याङ सडकखण्डको विस्तारका लागि बोलपत्र अह्वान गरिएअनुसार प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गरी कार्य सम्पादन गर्ने लक्ष्य भएको र सोहीअनुरुप सरकारी निकाय तथा जनप्रतिनिधिलाई जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रलयका सचिव सञ्जिव बरालले प्राविधिकको रेखदेख र अनुगमनबाट सडक निर्माणका लागि प्रयोग हुने कच्चा पदार्थबाट गुणस्तरीयता कायम राख्न निर्माण व्यवसायीलाई निर्देशन दिनुहुँदै सडक निर्माणको कामलाई आवश्यक मेसिन र मजदूरको सङ्ख्या वृद्धि गर्नेतर्फ व्यवसायीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

उक्त भेलामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आफ्नो गाउँपालिकाले काठमाडौँको सिमानासँग जोडिएको हुमाने भञ्ज्याङसम्मको सडक निर्माणका क्रममा सडकको चौडाइ आठ मिटरबाट १० मिटरसम्म सडकलाई निर्माण गर्नेतर्फ बजेट विनियोजित गर्ने लक्ष्य राखिएको र मन्त्रालयका तर्फबाट पनि उक्त सडकका लागि बजेट थप विनियोजित गर्नेतर्फ छलफल गरिनुपर्ने माग गर्नुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख, इञ्जिनीयर, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामा, विभिन्न वडाध्यक्ष र भीमफेदी–कुलेखानी सरोकार समितिका पदाधिकारी गरी करिब ३४ जना प्रतिनिधिको सहभागिता रहेको सो मन्त्रलयका प्रशासकीय अधिकृत अशोक ढकालले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.