भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका उहाँले सभालाई सम्बोधन गर्दै समकालीन विश्वका प्रमुख मुद्दाहरूमा नेपालको धारणा, कोभिड–१९ महामारीले सिर्जना गरेको सङ्कट र यसको निदानका लागि खोपमा सहज पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या र दिगो विकासका सम्बन्धमा नेपालका चासो, तिनको परिपूर्तिका लागि साधनस्रोतको व्यवस्था, नेपालजस्ता भूपरिवेष्टित र अतिकम विकसित राष्ट्रका साझा समस्या, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

सञ्चारकर्मीलाई विमानस्थलमा महासभालगायत न्युयोर्कमा रहँदा भएका भेटवार्ताबारे जानकारी दिँदै मन्त्री डा खड्काले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा नीहित सिद्धान्त र उद्देश्यहरूप्रति नेपालको अटुट प्रतिबद्धता दोहो¥याउँदै उक्त संस्थाले विश्व शान्ति, सद्भाव तथा विकासका क्षेत्रमा निर्वाह गरेको भूमिकाको सराहना गरेँ । वर्तमान चुनौतीलाई दृष्टिगत गरी बहुपक्षीयता थप सुदृढ हुनुपर्ने तथा राष्ट्रसङ्घको सुधार एवं पुनःसंरचनामा जोड दिएको छु” । अति कम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी एवं असमानता हटाउँदै जानुपर्नेमा विशेष जोड दिएको छु ।”

साथै उहाँले भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उहाँ सहभागी हुनुभएको थियो । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत उक्त मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.