भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

रोकिएन मानव बेचबिखन

रोकिएन मानव बेचबिखन

भैरहवा, । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ ।

गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ । आव २०७५–०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको हो । पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ । आव २०७६–०७७ मा २४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको छ । चौध जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याइएको हो ।

आव २०७७–०७८ मा १५१ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । आठ जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल शाखा प्रमुख माया क्षेत्रीले जानकारी दिनुभयो । नेपालबाट यसरी तस्करी गरी महिलालाई भारतीय कोठी र खाडी मुलुकमा पठाउने काम मानव तस्करले गर्ने गरेका छन् भने बालबालिकालाई विभिन्न सर्कसमा प्रयोग गर्ने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सीमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिनेक्रम भने नरोकिएको देखिएको छ । देशका विभिन्न जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पु¥याएको पाइन्छ ।

 


Thali Mobile Pvt.Ltd.