भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

जेनेभा, । रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।
अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ बीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो।
संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०ः०० को आसपास शुरू भएको थियो।

विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् । स्विस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुबै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

रूसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाई को अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो । गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिंगटन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए।

 


Thali Mobile Pvt.Ltd.