भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रोङ गाउपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी

रोङ गाउपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी

इलाम । रोङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ र उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाया भुजेल विजयी भएका छन् ।

४ हजार ६ सय ७९ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका मेहरमान तामाङले ४ हजार ३२२ मत प्राप्त गरेर पराजित भएका छन्।

उपाध्यक्षमा विजयी विष्णुमाया भुजेलले ४ हजार ६५६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४ हजार १९७ मत प्राप्त गरेर पराजित भएकी छन् ।

रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेस वडा अध्यक्षमा विजयी भएको छ भने वडा नम्बर ४ र ६ नेकपा एमालेले विजयी भएको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.