भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता

ललितपुर, । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ । पालिका उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरेले दुई हजार ६३९ र नेकपा एमालेकी उम्मेदवार रणिता तामाङले एक हजार ८३८ मत पाउनुभएको छ ।

हालसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भएकामा दुईमा नेपाली काङ्ग्रेस, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार बिजयी हुनुभएको हो । वडा नम्वर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नं २ सङ्खुमा नेकपा एमालेका रोहन लामा, वडा नं ३ दलचोकीमा तिलक बोम्जन र वडा नम्वर ४ नल्लुमा तीर्थ घलान बिजयी हुनुभएको छ । हाल वडा नं ५ भारदेउमा मतगणना जारी छ ।

 


Thali Mobile Pvt.Ltd.