भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ललितपुरमा ३ बजेसम्म ५२ प्रतिशत मतदान

ललितपुरमा ३ बजेसम्म ५२ प्रतिशत मतदान

पाटन (ललितपुर) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मतदान भएको छ ।“दिउँसो ३ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा ५२ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।”

उहाँका अनुसार रोकिएको एउटा मतदान केन्द्रमा पनि फेरि मतदान सुरु भएको छ । वडा नं २८ को वडा कार्यालय भवन हरिसिद्धीस्थित मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिकतर्फको मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि विवाद भइ मतदान रोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.