भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ललितपुरमा ३ बजेसम्म ५२ प्रतिशत मतदान

ललितपुरमा ३ बजेसम्म ५२ प्रतिशत मतदान

पाटन (ललितपुर) । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मतदान भएको छ ।“दिउँसो ३ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा ५२ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।”

उहाँका अनुसार रोकिएको एउटा मतदान केन्द्रमा पनि फेरि मतदान सुरु भएको छ । वडा नं २८ को वडा कार्यालय भवन हरिसिद्धीस्थित मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिकतर्फको मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि विवाद भइ मतदान रोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.