भर्खरै : Sorry, your browser does not support inline SVG.
काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने |

लिमीमा खाद्यान्न सङ्कट

लिमीमा खाद्यान्न सङ्कट

सिमकोट । कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् । व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको सङ्केत देखिएको छ ।

चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताउनुभयो । वडाध्यक्ष पाल्जोर तामाङका नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ । स्थानीय बासिन्दासहित सिमकोट आइपुग्नुभएका वडाध्यक्ष तामाङले भन्नुभयो, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’ वडा नं ६ लिमीसहित नाम्खा गाउँपालिकाभरिका नागरिकले चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति गर्दै आए पनि यस पटक विश्वभर फैलिएको कोरोनाका कारण सात महिनादेखि हुम्लासँगको हिल्सा र लाप्चा नाका बन्द हुँदा यस क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो । वडा नं ६ लिमीका तिल, जाङ र हल्जीमा १८० परिवार बसोबास गर्दै आएका छन् ।

लिमी जिल्लाकै अग्लो क्षेत्रमा अवस्थित रहेकाले जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । यहाँका बासिन्दाले फापर र आलु पनि उत्पादन गरे पनि बढीमा ६ महिना मात्र धान्ने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । स्थानीय उत्पादनले नपुग्ने भएका कारण स्थानीयवासीले चीनका व्यापारीको भर पर्नुपर्ने अवस्था छ । अब हिउँ पर्ने समय शुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीयवासी छिरिङमुटुप तामाङले बताउनुभयो ।  उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरदेखि हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गर्छ । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै सदरमुकाम सिमकोट आइपुगेको तामाङ्गले बताउनुभयो ।

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।  सरकारले दिएको अनुदानको चामल ३० केजीको रु दुई हजार तथा ढुवानी प्रतिबोरा रु पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाङ र हल्जी गाउँमा पु¥याउन प्रतिकेजी रु १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

लिमीमा भएको खाद्य सङ्कटका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । यता नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड हुम्लाले सिमकोट शाखाबाट तत्कालका लागि एक हजार क्विन्टल चामल उपलब्ध गराउने भएको कम्पनी हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । नाम्खा गाउँपालिकाका लागि आएको गत वर्षको एक हजार क्विन्टल चामल सिमकोटमा रोकिएकाले त्यो पनि पठाउने तयारी भहिरहेको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.