भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ऐतिहासिक अम्बे जात्रा स्थगित

ऐतिहासिक अम्बे जात्रा स्थगित

टिस्टुङ ।  मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो ।  थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्मअनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताउनुभयो । ‘अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिने छ,’ उहाँले भन्नुभयो ।

जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडाँैं, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो । अम्बेजात्रालाई स्थानीयवासी गोपाली९गोपालवंशका मानिने०ले विशेष महत्व दिएर मनाउने गरेका थिए । स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकै पटक कुटिएको चिउरा चढाउने प्रचलन छ । गोपालीले टाउकामा पगरी र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत छ ।

चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको छ । चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्तीअनुसार स्थानीयवासी चम्पाकेश्वर महादेवका रुपमा पुज्छन् । चम्पाकेश्वरको पूजा गरे गाउँमा पानी पर्ने र गाईवस्तु पालन फस्टाउने स्थानीयवासीको विश्वास रहिआएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.