भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

वनजङ्गलको डढेलो नियन्त्रणमा सेनाको सक्रियता

वनजङ्गलको डढेलो नियन्त्रणमा सेनाको सक्रियता

कास्की । वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताउनुभयो । एक महिनाअघि मनाङमा भएको आगलागीका साथै त्यसयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रणका लागि तत्तत् स्थानस्थित नेपाली सेनाको गण, गुल्म, बाहिनी, तथा पृतनामा खटिएका नेपाली सेनाको टोलीले सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले जानकारी दिनुभयो ।

केही दिनअघि तनहुँ जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोका साथै पोखरा–१६ घार्मी, पोखरा–२६ स्थित टाइगर माउन्टेनस्थित जङ्गलमा लागेको डढेलो नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो । सोमबार राति पोखरा महानगरपालिका–२१ को जङ्गलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो । सो आगलागी नियन्त्रणका लागि बेलुका ६ बजेदेखि फष्ट रेन्जर बटालियन, एयरपोर्टका मेजर सरोज नेपाल नेतृत्वको १२० जनाको टोली खटिएको थियो । उक्त स्थानमा आगलागी हुँदा यहाँका झण्डै ५० घरसमेत जोखिममा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.