भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वनजङ्गलको डढेलो नियन्त्रणमा सेनाको सक्रियता

वनजङ्गलको डढेलो नियन्त्रणमा सेनाको सक्रियता

कास्की । वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताउनुभयो । एक महिनाअघि मनाङमा भएको आगलागीका साथै त्यसयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रणका लागि तत्तत् स्थानस्थित नेपाली सेनाको गण, गुल्म, बाहिनी, तथा पृतनामा खटिएका नेपाली सेनाको टोलीले सक्रियताका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले जानकारी दिनुभयो ।

केही दिनअघि तनहुँ जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोका साथै पोखरा–१६ घार्मी, पोखरा–२६ स्थित टाइगर माउन्टेनस्थित जङ्गलमा लागेको डढेलो नेपाली सेनाको सक्रियतामा नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो । सोमबार राति पोखरा महानगरपालिका–२१ को जङ्गलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो । सो आगलागी नियन्त्रणका लागि बेलुका ६ बजेदेखि फष्ट रेन्जर बटालियन, एयरपोर्टका मेजर सरोज नेपाल नेतृत्वको १२० जनाको टोली खटिएको थियो । उक्त स्थानमा आगलागी हुँदा यहाँका झण्डै ५० घरसमेत जोखिममा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.