भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

चितवन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।चितवनमा निर्माण भइरहेको विकास आयोजनाको निरीक्षण तथा विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री श्रेष्ठले सोमबार साँझ सडक डिभिजन कार्यालयको निरीक्षण गर्नुभएको थियो ।

उहाँले यहाँ सञ्चालित आयोजना छिटोभन्दा छिटो मापदण्ड पालना गरी गुणस्तरसहित सम्पन्न गर्न सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । चितवन देशकै केन्द्र भागमा पर्ने भएकाले यहाँबाट विकास निर्माणलाई तीव्रगतिमा अघि बढाउन उहाँले निर्देशन दिनुभयो । उहाँले देशभरका योजना समयै सम्पन्न गराउन अनुगमन र निरीक्षणलाई आफूले तीव्र बनाइने बताउनुभयो ।उपप्रधमन्त्री श्रेष्ठले आज जिल्लाका विभिन्न आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.