भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण

गण्डकी । पोखरा महानगरपालिका–२० मौजास्थित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसो मौसममा न्यायो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा विद्यालयका २६ विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरणसहित बाल स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष सिम गुरुङले विकट बस्तीमा शिक्षा, स्वास्थ्य तथा खानेपानी, वृक्षरोपणजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै आएको लायन्स क्लबसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर गुरुङ, लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी को–अर्डिनेटर किशोर बराल, सोही क्लबका सभापति सविता आचार्य र जोन चियर पर्सन निर्मला आचार्यले लायन्सको महत्वमाथि प्रकाश पार्नुभएको कार्यक्रममा भलाम स्वास्थ्यचौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरे विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.