भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विनासर्त नेता, कार्यकर्ता रिहाइ नगरे जनप्रतिराेध गर्ने नेकपाकाे चेतावनी

विनासर्त नेता, कार्यकर्ता रिहाइ नगरे जनप्रतिराेध गर्ने नेकपाकाे चेतावनी

साउन २०७७ काठमाडाैं । महामारीका बेला जनताको उद्धार र राहतमा ध्यान केन्द्रीत गर्नुको सट्टा विनाकारण आफ्ना नेता कार्यकर्ता गिरफतार गरेको प्रति कडा आपत्ती विप्लव नेकपा दैलेखले गरेको छ ।

दैलेख जिल्ला कमिटिका सदस्य उदयराम विश्वकर्मालाई विना सर्त रिहाइ गर्न अनुरोध गर्दै सत्तारुढ केकपाको ध्यानाकर्षण गरेको छ । सरकारको ध्यान बाढी, पहिरो, महामारीको चपेटामा परेका जनताकाे राहत र उद्वारमा केन्द्रीत नगरी केपिको फाँसीवादी सरकारले वैज्ञानिक समाजवादका लागि निस्वार्थ संघर्ष गरिरहेका पार्टीका नेता कार्यकर्ताको गिरफ्तारीमा टुपिदेखि पैतला सम्मको जोड लगाएर जिकिर साे पार्टीले गरेकाे छ ।

भ्रष्ट, रास्टघाती, दलाल,फासीवादी चरित्र देखाएको भन्दै सुद्रशनको गिरफ्तारी प्रति निन्दा गरेकाे छ । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपा दैलेखले रिहाईको पहल गरीदिन मानव अधिकारवादी, नागरिक समाज, पत्रकारलगायत सबैमा हार्दिक अपिल गरेको छ । आफ्ना नेता, कार्यकर्ताको गिरफ्तार रोक्न र विना सर्त रिहाइ नगरे जनप्रतिरोध गरिने विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

विज्ञप्ती…NCP

 


Thali Mobile Pvt.Ltd.