भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

विवेकशील साझासँग एकता गर्न काँग्रेसले बनायाे वार्ता कमिटि

विवेकशील साझासँग एकता गर्न काँग्रेसले बनायाे वार्ता कमिटि

काठमाडौ । नेपाली काँग्रेस (वी पी)ले विवेकशील साझासँग एकीकरणका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

विवेकशील साझाबीच पटकपटक भएको अनौपचारिक वार्तापछि एकीकरणको छलफल गर्न नेपाली काँग्रेस (वी पी)को सोमबार बसेको पदाधिकारी बैठकले महामन्त्री पुष्पराज पराजुलीको संयोजकमा केन्द्रीय सदस्यहरु लक्ष्मीप्रसाद बास्कोटा, जगन्नाथ घिमिरे र श्याम बहादुर गुरुङ सदस्य रहेको ४ सदस्यीय वार्ता समिति गठन गरेको हो।

विवेकशील साझाले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकताका लागि केन्द्रीय सदस्य केशव दाहालको संयोजकत्वका रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको संवाद समिति यस अघि नै गठन गरेको छ। एकताको कुराकानी अघि बढाउने भनेपनि यी दुईबीच संविधानको विषयमा भने मतान्तर छ ।

विवेकशील साझाले अहिलेको संविधानमै टेकेर अघि जानुपर्ने मत राख्दै आएको छ।

 


Thali Mobile Pvt.Ltd.