भर्खरै : Sorry, your browser does not support inline SVG.

विश्वभर १ करोड ७१ लाख बढीमा कोरोना संक्रमण

विश्वभर १ करोड ७१ लाख बढीमा कोरोना संक्रमण

१५ श्रावण २०७७ काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको हो । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ भने मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ ।

२८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ९०० जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.