भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ । शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गर्दै आयोगको वाग्मती प्रदेश कार्यालयले काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी क्रमशः कालीप्रसाद पराजुली र ढुण्डिप्रसाद निरौला तथा दुवै जिल्लाका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह र किरण बज्राचार्यसँग छलफल गरेको छ ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी सरकारको निर्णयको पक्ष र विपक्षमा भइरहेको प्रदर्शन, प्रदर्शनका क्रममा न्यूनतम बल प्रयोगका सिद्धान्तको पालना गर्दै आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने स्थिति सिर्जना हुन नदिन आयोगको वाग्मती प्रदेश कार्यालयले काठमाडौँ दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको हो । सहसचिव यज्ञप्रसाद अधिकारीका अनुसार सम्भावित जनधनको क्षतिलाई रोक्न, नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवं शान्तिपूर्णरूपमा प्रदर्शन गर्न र भेला हुन पाउने अधिकारको सम्मान गर्ने विषयमा छलफल भएको छ । विरोधका कार्यक्रमबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा पर्नसक्ने गम्भीर असरप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ ।

आयोगको प्रदेश कार्यालयबाट विरोध र प्रदर्शनको नजिकबाट अनुगमन भइरहेको बताइएको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर विभिन्न राजनीतिक दल, समूह तथा नागरिक समाजले देशव्यापीरूपमा थप विरोधका कार्यक्रम तथा प्रदर्शन गर्ने जानकारी प्राप्त हुन आएको आयोगले जनाएको छ ।  आयोगका सचिव वेदप्रसाद भट्टराईले नागरिकको संवैधानिक हकको उपभोग गर्न प्रहरी, प्रशासनले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने तथा प्रदर्शनकारीलाई पनि संयमता अपनाई आफ्ना विमति शान्तिपूर्णरुपमा प्रकट गर्न आग्रह गर्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले स्थानीय प्रशासनले नागरिकको अधिकार तथा जनधनको सुरक्षाका लागि संवेदनशील रहेको बताउँदै प्रदर्शनकारीलाई संयमित भई प्रदर्शन गर्न आग्रह गर्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले शान्तिसुरक्षा, लोकतन्त्र र मानवअधिकार संरक्षणको विषयलाई प्रशासनले सदैव प्राथमिकतामा राखेको र नेपाल प्रहरी जनताको जीउ धनको रक्षा र मानव अधिकारको सम्मान गर्न सदैव तत्पर रहेको बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.