भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ

श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ

लुम्बिनी । लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली विकास परियोजना शुभारम्भ गरिएको छ । परियोजनाको आज शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले उपलब्ध जनशक्तिको प्रयोग र सही परिचालनका लागि शुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पनि क्षेत्रको विकास सही सूचना र तथ्याङ्क विना हुन नसक्ने उल्लेख गर्दै सीपको क्षमता र मागलाई व्यवस्थित गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताउनुभयो । प्रमुख यादवले पारियोजनाको सफलताबाट श्रम बजारमा रहेको वैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने भनाइ राख्नुभयो । नेपाल उद्योग परिसङ्घ, उद्योग परिसङ्घ लुम्बिनी प्रदेश र रुपन्देही उद्योग सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रमका नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले मुलुकभित्र औद्योगिक व्यावसायिक क्षेत्रले श्रम बजारसम्बन्धी आवश्यक तथ्याङ्क एवं जानकारीको अभावमा भोग्नुपरेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजारसम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, रोजगारी सिर्जना गर्ने, श्रम बजारसम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने पनि बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतम, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेललगायतले परियोजनाबाट श्रम बजारसँग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्ने धारणा राख्नुभयो ।

नेपाल सरकारद्वारा स्वीकृत यस परियोजनामा नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका पाँचवटा प्रमुख निकाय नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, होटल सङ्घ नेपाल र नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्य रहेको छ भने ब्रिटिश काउन्सिलको व्यवस्थापन र युरोपियन युनियनको आर्थिक सहयोग रहेको छ । यो परियोजना देशभरका सात वटै प्रदेशमा सञ्चालन हुने रुपन्देही उद्योग सङ्घका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी गराउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.