भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र

प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र

बागमती प्रदेश ।  वाग्मती प्रदेशसभाले हेटौँडा उपमहानगरपालिका– १० स्थित प्रदेश सचिवालयको परिसरमा निर्माण हुने अत्याधुनिक सुविधायुक्त सभागृह भवन र प्रदेशसभा सचिवालयको भवको निर्माणलाई अहिले तीव्रता दिएको छ । अत्याधुनिक सुविधायुक्त सञ्चार उपकरण जडित ३०० जना क्षमताको सभागृह कक्ष तथा सभामुख÷उपसभामुख र मुख्यमन्त्रीको छुट्टाछुट्टै कार्यकक्षसहित विभिन्न समितिका सभापतिका लागि पनि कार्यकक्षको व्यवस्था मिलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै बताउनुभएको हो ।

प्रदेश सरकारले अत्याधुनिक सुविधायुक्त प्रदेशसभाको सभागृह र सचिवालयको भवनको निर्माण गर्न रु चार करोड ९५ लाख ७४ हजार रकम विनियोजित गरिसकेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत गोविन्द पौडेलले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार आगामी आव २०७८÷७९ भित्रै निर्माण कार्य सम्पन्नगरी प्रदेशसभा सचिवालयलाई निर्माण व्यवसायीले हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । अहिले प्रदेशसभाको सचिवालयअन्तर्गत रहेको एउटा बैठक कोठालाई अत्याधुनिक सुविधायुक्त बनाइ प्रेदशसभाको बैठक सञ्चालन भइरहेको बताइएको छ । प्रदेशसभामा ११० जना प्रदेशसभाका सदस्यले प्रतिनिधित्व गर्दै आउनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.