भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र

प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र

बागमती प्रदेश ।  वाग्मती प्रदेशसभाले हेटौँडा उपमहानगरपालिका– १० स्थित प्रदेश सचिवालयको परिसरमा निर्माण हुने अत्याधुनिक सुविधायुक्त सभागृह भवन र प्रदेशसभा सचिवालयको भवको निर्माणलाई अहिले तीव्रता दिएको छ । अत्याधुनिक सुविधायुक्त सञ्चार उपकरण जडित ३०० जना क्षमताको सभागृह कक्ष तथा सभामुख÷उपसभामुख र मुख्यमन्त्रीको छुट्टाछुट्टै कार्यकक्षसहित विभिन्न समितिका सभापतिका लागि पनि कार्यकक्षको व्यवस्था मिलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै बताउनुभएको हो ।

प्रदेश सरकारले अत्याधुनिक सुविधायुक्त प्रदेशसभाको सभागृह र सचिवालयको भवनको निर्माण गर्न रु चार करोड ९५ लाख ७४ हजार रकम विनियोजित गरिसकेको प्रदेशसभा सचिवालयका लेखा अधिकृत गोविन्द पौडेलले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार आगामी आव २०७८÷७९ भित्रै निर्माण कार्य सम्पन्नगरी प्रदेशसभा सचिवालयलाई निर्माण व्यवसायीले हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । अहिले प्रदेशसभाको सचिवालयअन्तर्गत रहेको एउटा बैठक कोठालाई अत्याधुनिक सुविधायुक्त बनाइ प्रेदशसभाको बैठक सञ्चालन भइरहेको बताइएको छ । प्रदेशसभामा ११० जना प्रदेशसभाका सदस्यले प्रतिनिधित्व गर्दै आउनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.