भक्तपुर । मध्यपुरथिमि नगरपालिका ९ बोडेमा बस्दै आएका कोरोना सङ्क्रमित १४ जना परिवारलाई खाद्यान्न वितरण गरेको छ । संघले तीनमहिनालाई पुग्ने खाद्य सामाग्री प्रदान गरेको हो ।
बोडेमा टहरा हालेर बस्दै आएका चारदिन र तीन महिनाको सुत्केरी, ७, ८ र ९ वर्षका बालवालिकादेखि ७५ वर्षीया जेष्ठ महिला समेत कोरोना सङ्क्रमित भएपछि समस्यामा थिए । सङ्क्रमित परिवारलाई स्थानीयले खरिपाटी आइसोलेशनमा पठाएका थिए भने आइसोलेशनले पनि सोही राती नै पुनः सोही टहरामा मै फर्काइदिएको थियो ।
