भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

श्रीलङ्का सुपर १२ मा प्रवेश

श्रीलङ्का सुपर १२ मा प्रवेश

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा श्रीलङ्का समूह विजेता बन्दै प्रवेश गरेको छ । सारजाहमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलङ्का लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलङ्काले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो । श्रीलङ्काको जितमा कुशल परेराले अविजित रहँदै ३३ रन बनाए । चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो दुई रनमा अविजित रहे । ओपनर पाथुम निसान्का शून्य रनमा आउट भए ।

 


Thali Mobile Pvt.Ltd.