भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्रीलङ्का सुपर १२ मा प्रवेश

श्रीलङ्का सुपर १२ मा प्रवेश

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा श्रीलङ्का समूह विजेता बन्दै प्रवेश गरेको छ । सारजाहमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलङ्का लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलङ्काले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो । श्रीलङ्काको जितमा कुशल परेराले अविजित रहँदै ३३ रन बनाए । चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो दुई रनमा अविजित रहे । ओपनर पाथुम निसान्का शून्य रनमा आउट भए ।

 


Thali Mobile Pvt.Ltd.