भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.