भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान
गुल्मी । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५ चस्मा, १०० फेस शिल्ड, ६५ गाउन, चार अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् ।

सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गर्नुभयो । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताए । उहाँले भन्नुभयो“ विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ । ”

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासङ्घ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताए।

 


Thali Mobile Pvt.Ltd.